ओखलढुंगा सदरमुकाममा शनिवार दिउँसो पहिरोमा पुरिएका ४ जनालाई उद्धार गरिएको छ । सिद्धिचरण नगरपालिका १२ मा अस्थायी टहरामा पसल गर्ने ईन्दिरा खत्रीको पसलसहितको अस्थायी टहरामाथिबाट खसेको पहिरोले परिवारका ४ जनालाई पुरेकोमा प्रहरी र स्थानीयले तत्काल उद्धार गरेका हुन् ।
उद्धार गरिएका ४ मध्ये ३ जनालाई सामान्य चोट लागेको भएपनि १४ वर्षिय इशा खत्री गम्भिर घाइते भएकी छन् । उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ ।
नेपाली सेना, नगरप्रहरी, शसस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको जनशक्ति र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।
प्रतिक्रिया