ओखलढुंगाका शिक्षकले त्यागेनन् दलसँगको आबद्धता 

ओखलढुंगाका शिक्षकले त्यागेनन् दलसँगको आबद्धता 



ओखलढुंगाका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् । शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरुप तत्काल पार्टीकाे सदस्यता ताग्न शिक्षामन्त्री सुमना श्रेष्ठले विशेष निर्देशन दिएसँगै देशभर दलसँगकाे आवद्धता शिक्षकहरुले त्यागेको भएपनि ओखलढुंगाका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख भरत भट्टराईका अनुसार हालसम्म जिल्लाका एक जना शिक्षकले पनि दल त्याग गरेको जानकारी गराएका छैनन् । यस अघि नै शिक्षकहरु राजनीतिक दलमा आवद्ध भएको पाइएमा कारबाही गर्ने बिषयमा सूचना मार्फत जानकारी गराएको भए पनि शिक्षकहरुले दल त्याग नगरेको उनको भनाई छ ।

शिक्षकहरुले सम्बन्धित पार्टी समक्ष राजीनामा बुझाए नबुझाएको बिषयमा कार्यालयलाई कुनै जानकारी छैन।

राजनीतिक दलमा आवद्ध भएको भए दल त्याग गरेर इकाईमा पनि जानकारी गराउन कार्यालयले जिल्लाका शिक्षकहरुलाई आग्रह गरेकाे छ ।

जिल्लाका सामुदायिक विद्यालयका अधिकांश शिक्षक राजनीतिक पार्टीका कार्यकर्ता सरह नै पार्टी काममा लाग्ने गरेका छन् । शिक्षक पढाउन भन्दा बढी राजनीतिमा लागेपछि आलोचित बन्न थालेका छन् ।