ओखलढुङ्गामा हालसम्म १२ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लामा धान रोपाइँ हुने तीन हजार ८०२ हेक्टर क्षेत्रफल मध्ये हालसम्म १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्क अनुसार गत बर्षको तुलनामा जिल्लामा केही छिटो गरि रोपाइँ भईरहेको छ ।
यस वर्ष समयमै वर्षात भएकाको कारण रोपाइँ छिटो सुरु भएको कृषि ज्ञान केन्द्रका प्रमुख हेम आलेले बताए । हालसम्म सबैभन्दा बढी खिजीदेम्बा गाउँपालिका र सबै भन्दा कम मानेभन्ज्याङ गाउँपालिकामा रोपाइँ भएको प्रमुख आलले जानकारी दिए । बर्षात सँगै पानीको मुल फुट्यो भने जिल्लामा साउनको १५ देखि २२ सम्म रोपाईँ सकिने अनुमान कार्यालयले गरेको छ ।
प्रतिक्रिया