पहिरो: घाईतेलाई काठमाण्डौ रेफर

पहिरो: घाईतेलाई काठमाण्डौ रेफर


भिजन समाचार
0
Shares

ओखलढुङ्गाको शेर्ना थुम्कीमा बुधबार विहान गएको पहिरोमा परेर गम्भीर घाईते भएकालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । पहिरोमा परि गम्भीर घाईते भएका चिशङ्खुगढी गाउँपालिका–५ का ३९ वर्षिय बाबुराम खत्री र उनकी १८ वर्षिय छोरी मेनुका खत्रीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाण्डौ पठाईएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका संघिय सांसद रामहरि खतिवडाको पहलमा घाईतेहरुको उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर लगिएको हो ।
पहिरोमा पुरिएर खत्रीकी श्रीमती ३५ वर्षीय देवकुमारी खत्रीको घटना स्थलमै ज्यान गएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याईएको छ ।