ओखलढुंगामा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षाको कारण घर र गोठ माथि पहिरो खस्दा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान ४ः ४० बजेको समयमा जिल्लाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ बर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुर्दा उनको श्रीमती ३५ बर्षीय देव कुमारी खत्रीको घटननास्थलमै ज्यान गएको हो ।
पहिरोमा परि बाबुराम खत्री र उनकी छोरी १८ बर्षीय मेनुका खत्री गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयले सकुशल उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
पहिरोले खत्रीको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको एक तले घर र गोठ समेत पूर्ण रुपमा पुरिएको छ । पहिराेमा पुरिएका ३ वटा भैंसी र १४ वटा बाख्रा जिबितै उद्दार गरिएकाे छ ।
ओखलढुंगा भुक्षयका दृष्टिकोणले कोशी प्रदेशकै जोखिमयुक्त जिल्ला हो । जिल्लामा वर्षेनी बाढी पहिरोबाट जनधनको क्षति हुने गरेको छ ।
प्रतिक्रिया