मोलुङका युवा विद्यार्थीलाई पत्रकारिता तथा उद्घोषण तालिम प्रदान

भिजन समाचार
196
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकामा युवा विद्यार्थीहरुलाई पत्रकारिता तथा उद्घोषण तालिम दिइएको छ । भिजन नेपाल मिडिया ग्रुप ओखलढुंगाको आयोजना तथा मोलुङ गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारबाट तालिम सुरु भएको तालिम आइतबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

तालिममा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयका १९ जना विद्यार्थीको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष उत्तम राईले तालिमले सत्य तथ्य लेख्ने-बोल्ने पत्रकार बन्ने आधारशिला तयार भएकोमा विश्वास व्यक्त गरेका छन् ।

आफुसँग भएको क्षमता योग्यतालाई प्रयोग गरेर कुशल पत्रकार बन्न चाहने युवाहरुलाई आगामी दिनमा पनि पालिकाले तालिम सञ्चालन गरेर सहभागी हुने अवसर दिने अध्यक्ष राईको भनाई थियो ।

तालिममा सहभागी युवा विद्यार्थीहरुले आफुहरुको क्षमता विकासका लागि तालिम महत्वपुर्ण र प्रभावकारी रहेको प्रतिक्रया दिएका छन् । पाँच दिनसम्म सहभागीहरुलाई भिजन एफएमका मेनेजर एसबी जेरोले शैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।