वातावरण संरक्षणमा ओखलढुंगाका विद्यार्थीले चासो देखाएका छन् । विश्व वातावरण दिवसको अवसरमा जिल्लाका दुई वटा संस्थागत विद्यालयले सदरमुकाममा सरसफाई र सचेतनामूलक कार्यक्रम गरेका हुन् ।
बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासहित जिल्लाको सिद्धिचरण नगरपालिका–१२ मा स्थित लाली गुराँस इंलिस स्कुलका विद्यार्थीहरुले विद्यालय परिसरमा वृक्षरोपण गरेको छन् ।
विद्यार्थीहरुले वातावरण संरक्षण सम्बन्धि विभिन्न नारा लेखिएका प्ले कार्ड सहित सदरमुकाममा सचेतनामूलक र्याली निकालेका थिए भने बजार परिसरमा सरसफाई समेत गरेका छन् । विद्यार्थीहरुले लालीगुराँस इंलिस स्कुल देखि सिद्धिचरण पार्क, विरेन्द्र पार्क हुँदै जिल्ला प्रहरी कार्यालय सम्म याली निकालेको र बाटोमा भेटिएका फोहोर पनि संकलन गरेर व्यवस्थापन गरेको स्कुलका शिक्षक निर कुमार कार्कीले जानकारी दिए ।
यस्तै जिल्ला सरदरमुकामको शुभतारा बोर्डिङ स्कुलले पनि स्कुल देखि सिद्धिचरण पार्क, विरेन्द्र पार्क हुँदै रमाइलो डाँडासम्म वातावरण स्वच्छ राखौँ, बोटविरुवा जोगाऔँ लेखिएका प्ले कार्ड सहित र्याली निकालेका थिए ।
दिवसको अवसरमा बुधबार वृक्षरोपण, सरसफाई र सचेतनाका कार्यक्रम भएका छन् ।


प्रतिक्रिया