विश्व वातावरण दिवसको अवसरमा रामपुरमा वृक्षरोपण र सरसफाई गरिएको छ । बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै शहिद आदर्श क्याम्पस रामपुरमा २० भन्दा बढी धुपीका बिरुवा रोपिएको हो ।
वरुणेश्वर सेवा समाज मोलुङ गाउँपालिका–२ रामपुरको आयोजनामा भएको कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, प्रहरी, क्याम्पसका प्राध्यापक, विद्यार्थी र स्थानीय भएको समाजका सचिव घनश्याम गौतमले जानकारी दिए ।
दिवसको अवसरमा प्रभावतफेरी सहित सचेतनामूलक घरदैैलो कार्यक्रम पनि गरिएको उनले बताए । वातावरण सफा, स्वच्छ, सुन्दर र हराभरा राखे स्वस्थ रन सकिन्छ भन्ने सन्देश सहित दिवसको अवसरमा कार्यक्रमहरु गरिएको सचिव गौतमको भनाई छ ।
आगामी दिनमा पनि समाजले वातावरण संरक्षण, सरसफाई, शिक्षा, स्वास्थ्य, विकास र सुशासनको सवालका निरन्तर काम र खबरदारी गर्ने उनले बताएका छन् ।
प्रतिक्रिया