ओखलढुंगाको लिखु गाउँपालिकाले शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि शिक्षकहरुलाई ‘कष्टमाइज्ड’ तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्वि गर्ने उद्वेश्यले शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।
विभिन्न बिषयका पालिका भरिका २२ वटा विद्यालयका २२ जना शिक्षकहरुलाई प्रभावकारी शिक्षण अभ्यासको बारेमा प्रशिक्षण दिइएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख रचना मैनालीले जानकारी दिइन् ।
तालिममा शिक्षकहरुलाई सैद्धान्तिक र व्यवहारीक प्रशिक्षण दिएको उनको भनाई छ । उनका अनुसार तालिम जेठ २० गते देखि २२ गतेसम्म सञ्चालन भएको हो ।
तालिम व्यवहारिक र प्रभावकारी रहेकोले शिक्षण सिकाईमा तालिममा सहयोग पुग्ने सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया