ओखलढुंगाको सल्लेरीका ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयले तिर्थयात्रा गराएको छ । सिद्धिचरण नगरपालिका–८ वडा कार्यालयले ८० बर्ष माथि उमेरका ५६ जना जेष्ठ नागरिकलाई खोटांगको हलेसी दर्शन गराउन लगेको हो ।
वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत विनियोजन गरेको एक लाख ४० हजार बजेट मार्फत जेष्ठनागरिकलाई हलेशी दर्शनका लागि लगिएको वडा अध्यक्ष एकराज तामाङले बताए ।
जेष्ठ नागरिकहरुको रुचि अनुसार हलेसी दर्शनका लागि लगिएको वडा अध्यक्ष तामांगको भनाई छ । साथै वडाका ५७ जना जेष्ठ नागरिकलाई टेक्ने लठ्ठी पनि वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया