ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई पुनर्ताजगी तालिम दिइएको छ । समुदायममा भएका विवादलाई समुदायस्तरमै समाधान गर्न काम गरिरहेका मेलमिलाप कर्ताहरुलाई पुनर्ताजगी तालिम दिईएको हो ।
तालिममा समुदायस्तरमा देखिएका विवाद र समस्याहरुलाई कसरी समाधान गर्ने, कानुनी प्रक्रिया, चुनौति, समाधानका उपाय लगायतको बिषयमा सहभागीहरुलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका रजिष्टार बिष्णु पाण्डेय र नगरपालिकाका कानुनी सल्लाहकार बोध नारायण कट्वालले प्रशिक्षण दिएका थिए ।
नगरपालिका भित्रका सुचिकृत मेलमिलाप कर्ताहरुलाई विगतका वर्षमा दिइएको तालिमको ज्ञान, सीप, भुमिका र प्रक्रियाबारे तालिममा पुनर्ताजगी गराइएको नगरपालिकाको कानुन न्याय तथा मानव प्रवद्र्धन शाखाकी उजुरी प्रशासक सुजता श्रेष्ठले जानकारी दिइन् ।
तालिममा मेलमिलापको सुन्ने कला, मेलमिलाप सम्बन्धी ऐन, नियम तथा नगरपालिकाको कार्यविधि बमोजिम मेलमिलाप कर्ताहरुले अपनाउनुपर्ने विधि तथा प्रक्रिया, न्यायीक कार्य सम्पादनमा मेलमिलाप कर्ताहरुको भूमिका सम्बन्ध प्रशिक्षण दिइएको श्रेष्ठले जानकारी दिईन् ।
मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवाला संगको सम्बन्ध, मेलमिलापका साँत चरण र यसको प्रभावकारीत, मेलमिलापमा आउने मुद्धाको प्रकृति र पक्षहरुको अडान, विकल्पको खोजी र मुल्य सृजना गर्ने तरिकाको बिषयमा पनि प्रशिक्षण दिइएको थियो ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को अनुसार न्यायिक समितिले हेर्ने क्षेत्राधिकार काम कर्तव्य अधिकारको बारेमा पनि सहभागीलाई प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया