मोलुङ खोलामा पुल बन्यो, काभ्रेटारबासी हर्षित

मोलुङ खोलामा पुल बन्यो, काभ्रेटारबासी हर्षित


भिजन समाचार
2.2k
Shares

ओखलढुंगाकाे सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरि मोलुङ खोलामा झोलुङ्गे पुल बनेको छ । पुल बनेपछी वषोैं देखि स्थानियले पुलको अभावमा भाेग्दै आएका समस्याको समाधान भएको छ । पुल बनेपछि बालबालिका विद्यालय जान आउन, अत्यावश्यक सामानका लागि बजार तथा गाडी चढि अन्यत्र जान, कलिला बालबालिका, गर्भवती तथा बृद्धबृद्धालाई खोला वारीपारी गर्न सहज भएको स्थानिय नबराज राईले बताए ।

संघिय सरकार, स्थानिय सरकार सुनकोशी गाउँपालिका, सहास नेपालको सामाजिक तथा प्राविधिक सहयोग र स्थानियको लागत गरि ४९ लाख ९२ हजार १२५ रुपैयाँ ६७ पैसा लागतमा ९५ मिटर लामो पुल बनेको हो । सोमबार सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्र कुमार श्रेष्ठ र उपाध्यक्ष अधिकारीले संयुक्त रुपमा नव निर्मित पुलको उद्घाटन गरेका थिए । काभ्रेटारबासीको एक समयको दुःखको अन्त्य भएको उपाध्यक्ष अधिकारीले बताईन् ।
उद्घाटन कार्यक्रममा सहास नेपालका कार्यकारी निर्देशक डा. श्रेष्ठले पुलको सुरक्षा र स्याहार गर्न सुझाव दिएका छन् । काभ्रेटारका स्थानियले २०७० सालमा मोलुङ खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढिले उक्त पुल बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्र्ने गरेका थिए । पुल बन्दा असाध्यै हर्ष लागेको काभ्रेटारकी कमला राईले बताएकी छिन् ।