कर कार्यालयले दश महिनामा १८ करोड बढी राजश्व उठायाे

कर कार्यालयले दश महिनामा १८ करोड बढी राजश्व उठायाे


भिजन समाचार
954
Shares

करदाता सेवा कार्यालय ओखलढुङ्गाले दश महिनाको अवधिमा १८ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि बैशाख सम्मको अवधिमा कार्यालयले १८ करोड ७५ लाख ४४ हजार राजश्व संकलन गरेको हो ।
कार्यालयले सो अवधिमा ३० करोड २४ लाख ३९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्यको ६२.०१ प्रतिशत मात्र राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुङ्गाका कर अधिकृत धिरेन्द्र बस्नेतले बताए ।
कर अधिकृत बस्नेतका अनुसार सबैभन्दा बढी आयकर बापत १२ करोड ३३ लाख ५२ हजार र भ्याट कर वापत पाँच करोड ६२ लाख ९२ हजार राजश्व संकलन भएको छ । कार्यालयका अनुसार चैत र वैशाखमा भ्याट कर अधिक मात्रामा संकलन भएको छ ।
अन्त शुल्क बापत ३७ लाख ८४ हजार, घर बहाल कर वापत ३१ लाख ९४ हजार, ब्याज कर वापत नौं लाख १६ हजार र शिक्षा कर वापत पाँच हजार राजश्व संकलन भएको छ । कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तः शुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ ।
कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुङ्गा र सोलुखुम्बुका सबै स्थानिय तहलाई सेवा दिने गरेको छ ।