खिजिदेम्बा गाउँपालिकाको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याईएको छ । खिजिदेम्बा गाउँपालिका–६ भित्तेका समाजसेवी साथै पर्वतारोही कुङ्गा शेर्पाले गाउँपालिकाको लोगो सगरमाथाको टुप्पोमा पु¥याएका हुन् ।
गाउँपालिकाको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याई पालिका बासीको शिर उच्च बनाएकोमा पर्वतारोही शेर्पालाई गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले धन्यवाद व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष शेर्पाले पर्वातारोही शेर्पाको उज्जवल भविष्यको कामना गरेका छन् । जिल्लाका आठ वटा स्थानिय तह मध्ये खिजिदेम्बा गाउँपालिकाकाे लाेगाे सर्वाेच्च शिखर सगरमाथामा पुगेकाे हाे ।
प्रतिक्रिया