ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षिय पदम बहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।
आईतबार माम्खाको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाईप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागि गम्भिर घाईते भएका बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
रुम्जाटार अस्पतालमा शव परिक्षण पश्चात परिवारको जिम्मा लगाईएको प्रहरी निरीक्षक सिंहको भनाई छ । यसै विच दुई दिन अघि मोलुङ गाउँपालिका–३ का करिब ७३ वर्षिय जित बहादुर सुनुवारको भिरबाट लडेको ढुंगाले लागेर ज्यान भएको थियो ।
बाख्रा गोठालो जाने क्रममा मसिने डाँडाभिरबाट लडेको ढुंगाले लाग्दा सुनुवारको घटना स्थलमै ज्यान गएको थियो । दुवै घटनाको विषयमा अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया