ओखलढुंगामा पहिलो पटक साकेला नृत्य प्रशिक्षण सुरु गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा साकेला नृत्य (सिली) प्रशिक्षण सुरु गरिएको हो ।
सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा किरात सभ्यताको सम्मान, मौलिक कला र संस्कृतिको संरक्षणका लागि तालिमको आयोजना गरिएको यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताए । प्रशिक्षण पाँच दिन सम्म सञ्चालन हुने अध्यक्ष राईले जानकारी दिए । विहान पहिलो चरण ७ देखी साढे ८ बजे सम्म, दोश्रो चरण १० बजे देखी र तेश्रो चरण दिउसो २ बजे देखी बेलुका ६ बजे सम्म समूहगत रुपमा प्रशिक्षण हुने अध्यक्ष राईले जानकारी दिए ।
प्रशिक्षण लिन चाहने राई समुदायका महिला पुरुष, कर्मचारी लगायत, समुदायका अगुवाहरुलाई सहज हुने समयमा सहभागि हुन आयोजकले आव्हन गरेको छ ।
कानुन र शिक्षा राईहरुको मुन्धुम सँग जोड्न आवश्यक रहेको मुन्धुमविद् डा.शान्तिदेवी राईले बताईन् । साकेला सिली सबै राईहरुको साझा नृत्यका रुपमा विकसित गर्न अवश्यक रहेको डा.राईको भनाई छ ।
किरात राईहरु सँग रहेका सँस्कृति बाहिर निकाल्ने र अरुलाई देखाउने समय आएको बरिष्ठ गायक तथा सँगितकार जितेन राईले बताए । प्रशिक्षणको उद्घाटन शत्रका प्रमुख अतिथि एवम् सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सम्पुर्ण जातजाती भाषाभाषीको संस्कार सँस्कृति संरक्षणको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको बताएका छन् ।
साकेला सिलीको प्रशिक्षण बरिष्ठ गायक एवम् सँगितकार जितेन राई, मुन्धुमविद् डा.शान्तिदेवी राई र कलाकार निला राईले दिनेछन् । जिल्लामा बायुङ, वाम्बुले, थुलुङ र जेरो राईहरुको बसोबास छ । जिल्लामा पहिलो पटक साकेला नृत्यको प्रशिक्षण सञ्चालन गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव ताराहाङ राईले बताए । बायुङ राईले हङ सिली, थुलुङ राईले सेग्रो, वाम्बुले राईले खाउमो सिली र जेरो राईहरुले नुल नाच्ने चलन छ ।
प्रतिक्रिया