महिला जनप्रतिनिधिकाे क्षमता विकासका लागि वाककला तालिम प्रदान

महिला जनप्रतिनिधिकाे क्षमता विकासका लागि वाककला तालिम प्रदान


भिजन समाचार
1.7k
Shares

महिला जनप्रतिनिधिहरुको क्षमता विकासका वाककला तालिम प्रदान गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकासका लागि वाककला अन्तरर्गत उद्घोषण र भाषणकला तालिम दिएको हो ।
गाउँपालिकाको नौ वटै वडा बाट निर्वाचित महिला जनप्रतिनिधि र वडा तथा पालिका स्तरिय आमा समूह सञ्जालका प्रतिनिधिहरुलाई तालिम दिईएको महिला तथा बालबालिका शाखाका प्रमुख चम्पा राईले बताईन् । ३५ जना महिलाहरुलाई नेतृत्व साथै क्षमता विकासका लागि पाँच दिने उद्घोषण र भाषणकला तालिम प्रदान गरिएको प्रमुख राईको भनाई छ ।
आफ्ना माग राख्न, पैरवी गर्न बोल्न जरुरी रहेकाले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण र भाषणकला तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष आश्रचन राईले बताए । हक अधिकार खोज्न र अन्याय विरुद्ध बुलन्द आवाज बनाउन कलात्मक बोलीको आवश्यकता हुने भएकाले महिला नेतृत्व विकास गर्ने उद्देश्यले तालिम प्रदान गरिएको उपाध्यक्ष राईको भनाई छ ।
तालिममा सहभागी महिलाहरुले वाककला जीवन उपयोगी कला रहेको प्रतिक्रिया दिएका छन् ।