उप निर्वाचनमा काँग्रेसकाे सैद्धान्तिक जित: सभापति खतिवडा

उप निर्वाचनमा काँग्रेसकाे सैद्धान्तिक जित: सभापति खतिवडा


भिजन समाचार
530
Shares

नेपाली काँग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उप निर्वाचनमा पार्टीकाे सैद्धान्तिक जित भएकाे दावी गरेका छन् । नेपाली काँग्रेस खिजिदेम्बा गाउँपालिका कार्य समितीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् ।

भर्खरै इलाम र बझाङमा सम्पन्न उप निर्वाचनमा गणितीय हिसाबले पार्टी पराजय भए पनि सैद्धान्तिक जित भएकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाकाे जिकिर छ । गणितिय मत जुन सुकै वेला पनि परिवर्तन हुन सक्ने उनकाे भनाइ छ ।

उप निर्वाचनको परिणामले नअताली एक भएर पार्टीको संगठन मजबुत बनाउन सबै लाग्न नेता खतिवडाले आग्रह गरेका छन् । साना दलहरुकाे च्याखे दाउका कारण नेपाली राजनीतिले स्थिरता नपाएकाे खतिवडाको आराेप छ ।

कार्यक्रममा केन्द्रिय निती, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचर्य, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति तेजेन्द्र खनाल लगायत स्थानिय, जिल्ला र केन्द्रीय तहका नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियाे ।