पेशागत महासंघ ओखलढुंगाले श्रमीकलाई सम्मान ग¥यो

पेशागत महासंघ ओखलढुंगाले श्रमीकलाई सम्मान ग¥यो



पेशागत महासंघ नेपाल ओखलढुंगाले तीन जना श्रमिकलाई सम्मान गरेको छ । नेकपा एमालेको भातृ संगठन पेशागत महासंघ नेपालको जिल्ला कमिटीले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन जना श्रमिकलाई सम्मान गरेको हो ।
दिवसको अवसरमा सदरमुकाममा एक कार्यक्रम आयोजना गरि महासंघका केन्द्रिय सदस्य सुदीप कार्कीले श्रमीकहरुलाई जनही एक हजार ५०० र सम्मानपत्र सहित सम्मान गरेको महासंघका जिल्ला अध्यक्ष कौशल घिमिरेले बताए । जुत्ता सिलाउने पेशा गरिरहेका सिद्धिचरण नगरपालिका–९ का जहानसिंह रम्तेल, सरसफाईकर्मी सिद्धिचरण नगरपालिका–५ की हिरामाया गिरी र भारत घर भई मोटरसाइकल ग्यारेजका कामदार विजय कुमार साहलाई सम्मान गरिएको घिमिरेको भनाई छ ।

श्रमिकलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कार्कीले श्रम र श्रमिकको सम्मान गर्ने संस्कृतिलाई समुदायमा विकास गर्न जरुरी रहेको बताए । दिवसका दिनमा मात्र नभई श्रमिकहरुको हकहितका लागि सँधै आवाज उठाउन र काम गर्न आवश्यक रहेको कार्कीको भनाई छ ।
कार्यक्रममा महासंघका पदाधिकारी, नेकपा एमालेका नेताहरु, जनप्रतिनिधी, मजदुर र सरोकारवालाहरुको सहभागीता थियो ।