ओखलढुंगामा नौं महिनामा दुई सय ६९ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । चालु आर्थिक बर्ष २०८०-०८१ को साउन देखि चैत्र मसान्तसम्म जिल्लामा दुई सय ६९ वटा लैङ्गिक हिंसाका घटना भएका हुन् ।
जिल्ला अस्पताल रुम्जाटार अन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को तथ्यांक अनुसार सबैभन्दा बढी मानसिक दुव्र्यवहारका घटना १५१ वटा घटना भएका छन् ।
यस्तै शारिरीक दुव्र्यवहारका घटना ७४, स्रोत साधन र अवसरबाट बञ्चित गराएको २२, बलात्कार १२, यौनजन्य दुव्र्यवहार छ वटा र रुढीवादी परम्पराका आधारमा भेदभावका चार वटा घटना भएको केन्द्रकी घटना व्यवस्थापक सजना राईले जानकारी दिइन् । उनका अनुसार उक्त घटनाहरुमा १४ बर्षसम्मका २३ जना, १५ देखि १८ बर्षका १७ जना, १९ देखि ४९ बर्षसम्मका १५९ जना, ५० देखि ६० बर्षसम्मका ३४ जना र ६० बर्ष माथिका ३६ जना पीडित भएका छन् ।
तथ्यांक अनुसार सबैभन्दा बढी लैङ्गिक हिंसाका घटनामा सिद्धिचरण नगरपालिकामा १०२ वटा, मानेभञ्ज्याङ गाउँपालिकामा ५४ वटा, मोलुङमा ४७, चिशंखुगढीमा ४४, सुनकोशी १०, खिजीदेम्बामा ४ वटा अन्य जिल्ला सोलुखुम्बु र खोटाङका पनि छ जना पीडित भएका छन् ।
जिल्लाका केहि पालिकाबाट भने घटना दर्ता हुन नआएकोले तथ्यांकमा नरहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया