ओखलढुंगाको रुम्जाटारमा करेन्ट लागेर विद्युतका कर्मचारी घाइते भएका छन् । मंगलबार दिउँसो सिद्विचरण नगरपालिका–४ रुम्जाटार स्थित सडक छेउमा रहेको बिजुलीको पोलमा चढेर बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ घर भई हाल विधुत प्राविधिकरण रुम्जाटार ओखलढुंगामा कार्यरत वर्ष २१ को प्रबिन राईलाई घाइते भएका हुन् ।
करेन्ट लागि बिजुलीको पोलबाट लडेर घाईते भएकोका उनको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भईरहेको र अवस्था हाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी बालिस्टार सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया