अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा वाक्साका राई पक्राउ

अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा वाक्साका राई पक्राउ


भिजन समाचार
5.8k
Shares

मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सा ओखलढुंगाकी शारीरिक र बौद्धिक अपांगता भएकी २२ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २६ वर्षिय टंकराज राईलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
शनिबार मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरबाट राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । ओखलढुंगा जिल्ला अदालतबाट छ दिनको म्याद थप गरि राईलाई हिरासतमा राखेर घटकाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
राईले उक्त युवतीलाई गत २०८० मंशिर १४ गते बलात्कार गरेको खुलेको छ । युवतीको पेट अचानक दुख्ने र बढ्न थालेपछी गत विहिबार अविभावकले जिल्ला अस्पताल रुम्जाटारमा ल्याई परिक्षण गर्दा उनी २१ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ ।
युवती गर्भवती भएको कुरा सार्वजनिक भएपछी बलात्कार गर्ने युवकको खोजी हुन थालेको प्रहरीले जनाएको छ । युवतीको अविभावले प्रहरीमा दिएको जाहेरीको आधारमा राईलाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।