ओखलढुंगामा चाेरीकाे आराेपमा तीन जना महिला पक्राउ

ओखलढुंगामा चाेरीकाे आराेपमा तीन जना महिला पक्राउ


भिजन समाचार
20.8k
Shares

विभिन्न ठाउँमा चाेरी-डाँका गरेकाे आराेपमा ओखलढुंगा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेकाे छ । चिशंखुगढी गाउँपालिका-५ काे दुई घरमा चाेरी गरेकाे आराेपमा तीन जना महिलालाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेकाे हाे । पाखे स्थित चिसापानी बस्ने दुर्गा बहादुर परियार र कमल बहादुर राउतकाे घरमा चाेरी गरेकाे आराेपमा साेही गाउँपालिकाकाे वडा नं.४ का वर्ष २४ की सुनिता सार्की, वर्ष २३ की कविता परियार र ५५ वर्षिय मिठु परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । परियारको घर भित्र पसी घर भित्र रहेको दराजबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा एक लाख ८ हजार ८०० बराबरका धनमाल र राउतको घरको झ्याल हसियाले फुटाई घर भित्र प्रवेश गरी निजकी आमा वर्ष ७० की उमा कुमारी राउत सुति निदाएको अवस्थामा घर कोठामा रहेको नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब ९ लाख ८१ हजार ५०० बराबरको धनमाल चोरी-डाँका गरेको आराेपमा अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएकाे प्रहरी निरीक्षक सिंहले जानकारी दिए । उनिहरुकाे साथ बाट झ्याल फुटाउन प्रयोग भएको हसिया थान-१, सुनको बाला थान-१, सुनको तिलहरी थान-२, सुनको छापे औठी थान-१, कानमा लगाउने सुनको मुन्द्री थान-१, नाकमा लगाउने सुनको फुली थान-४, चाँदीको पाउँजु थान-१, चाँदीको छापे औठी थान-१, किप्याड मोवाईल थान-४, कलेजि रंगको उनीको टोपी थान-१, पैसा राख्ने गरेको फलामको पाईप थान २, नगद नेपाली आठ हजार ५६५ साथै मह, खाने तेल, साबुन, जस्ता दैनिक उपभोग्यका सामानहरु प्रहरीले बरामद गरेकाे छ । ओखलढुंगा जिल्ला अदालत बाट ७ दिनकाे म्याद थप गरि हिरासतमा राखि पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।