गुनासो रहित  सेवा प्रवाहमा जोड दिइनेछ: प्रजिअ ढकाल

गुनासो रहित  सेवा प्रवाहमा जोड दिइनेछ: प्रजिअ ढकाल


भिजन समाचार
3.1k
Shares

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले गुनासो रहित र जनमैत्री काम गर्ने जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार जिल्लाका पत्रकारहरुसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रममा प्रजिअ ढकालले गुनासो रहित सेवा प्रवाह आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
जिल्लाका सरकारी कार्यालयहरु बाट प्रवाह सेवालाई चुस्त दुरुस्त बनाउँदै नागरिकमैत्री सेवा प्रदान गर्न आवश्यक अनुगमन, निरीक्षण गर्ने र निर्देशन दिइने ढकालको भनाई छ ।
जिल्लाको विकास निर्माणलाई अघि बढाउन तथा सुशासन कायम राख्ने सवालमा सरोकारवाला निकाय सँग समन्वय गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताका छन् ।