पुर्व मुख्यमन्त्री राईलाई सभापति खतिवडाद्वारा ओखलढुंगामा स्वागत

भिजन समाचार
186
Shares

काेशी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय प्रतिनिधि शेरधन राईलाई राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुंगामा स्वागत गरेका छन् ।
नेकपा एमाले ओखलढुंगाकाे १०अौं अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला आईपुगेका स्थायी कमिटी सदस्य राईलाई खतिवडाले खादा लगाएर स्वागत गरेका हुन् ।
हरेक पार्टिमा एक अर्कालाई सम्मान गर्ने संस्कारको विकास गर्न आवस्यक रहेकाे खतिवडाले बताए । दिगो बिकास र समृद्ध देश निर्माणका लागि सबै दलका नेताहरु एक भएर लाग्न खतिवडाको आग्रह छ ।
नेकपा एमाले ओखलढुंगाकाे अधिवेशन सफलताकाे लागि नेपाली काँग्रेस ओखलढुंगाका संघिय सांसद खतिवडाले शुभकामना व्यक्त गरेका छन् ।
एमाले ओखलढुंगाकाे अधिवेशन साेमबार देखि मंगलबार सम्म सञ्चालन हुनेछ । अधिवेशन मार्फत नेकपा एमालेमा नयाँ नेतृत्व चयन हुनेछ ।