जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले अपराध न्यूनीकरण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा प्रनाउ खड्काले यस्तो बताएका हुन् ।
अहिले आफ्नो कार्यकालको सुरुवाती दिन भएकोले जिल्लामा अपराध, दुर्घटना, आत्महत्या लगायत सामाजिक कुरिती नियन्त्रणका लागि विशेष योजना बनाएर काम गर्ने प्रनाउ खड्काले जानकारी दिए ।
प्रहरी कर्मचारीमा अनुशासन, शालिनता, सेवा प्रवाहमा चुस्तता राख्दै शान्ति सुरक्षाको सवालमा गुनासो नआउने गरि काम गर्ने उनको भनाई छ ।
प्रतिक्रिया