ओखलढुंगाको पर्यटकीय स्थलहरुमा सरसफाइ

ओखलढुंगाको पर्यटकीय स्थलहरुमा सरसफाइ


भिजन समाचार
1.3k
Shares

ओखलढुंगा सदरमुकाम आसपासको पर्यटकीय स्थलहरुमा सरसफाइ गरिएको छ । युगकवी सिद्धिचरण श्रेष्ठको जन्मभुमी ऐतिहासिक सिद्धिचरण पार्क साथै ओखलढुंगा पार्क, श्रष्टा पार्क मार्ग, सरस्वती मन्दिर, बौद्ध स्तुपा, विरेन्द्र पार्क, सहिद पार्क, ओखलढुंगा युवा क्लव भवन आसपास र श्रष्टा पार्क लगायतका स्थानमा सरसफाइ गरिएको हो ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक मार्फत उत्पन्न भएको फोहोरले यी पर्यटकीय स्थललाई कुरुप बनाएकोले सरसफाइ गरिएको नेपाल आदिवासी जनजाति युवा महासंघ ओखलढुंगाका अध्यक्ष एसबी जेरोले बताए । सदरमुकाममा घुम्न आउने अधिकांश आगन्तुक पर्यटकहरु सिद्धिरचण पार्क, ओखलढुंगा पार्क र जिल्लाका श्रष्टाहरुको सम्मानका लागि निर्माण गरिएको श्रष्टा पार्क पुग्ने भएकाले यस क्षेत्रमा सरसफाइ गरिएको अध्यक्ष जेरोको भनाई छ ।

महासंघ मार्फत आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन र सरसफाइ गर्ने अभियान निरन्तर सञ्चालन हुने अध्यक्ष जेरोले जानकारी दिए । सरसफाइ कार्यक्रममा सिद्धिचरण नगरपालिका–१२ का वडा अध्यक्ष उमंग श्रेष्ठ, जनहित गुठिका अध्यक्ष ध्रुव राजभण्डारी, सिद्धिरचण नगरपालिका नगर प्रहरी प्रमुख टेकप्रसाद अधिकारी नेतृत्वको टोली र नेपाल आदिवासी जनजाती युवा महासंघ ओखलढुंगाका पदाधिकारीहरु सहभागी भएका थिए ।

सरसफाइ सँगै जिल्लाका ऐतिहासिक, धार्मीक, साँस्कृतिक, भौगोलिक र प्राकृतिक पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरिने महासंघले जनाएको छ । यसका साथै आदिवासी जनजाति समुदायको हक अधिकार, मौलिक संस्कार, संस्कृति, भाषा, भेषभुसाको संरक्षण र प्रवद्र्धनका लागि निरन्तर अभियान सञ्चालन गर्ने महासंघले योजना बनाएको छ । जिल्लाका आठ वटै स्थानिय तहमा पालिका स्तरिय र वडा तहमा नेपाल आदिवासी जनजाति युवा महासंघ गठन गरिने बताइएको छ ।