ओखलढुंगाको १४ महिनाको बसाई प्रभावकारी बनेको तत्कालिन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक बहादुर केसीले बताए । आम नागरिक, जनप्रनिनिधि, राजनितिक दल, संघ–संस्था, प्रहरी कर्मचारी लगायत सरोकारवालाको सहयोगले आफ्नो कार्यकाल प्रभावकारी बनेको प्रनाउ केसीको भनाई छ ।
आफ्नो कार्यकालमा अपराध न्यूनीकण र सुशासन कायम राख्ने सवालमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा कोशी प्रदेशकै उत्कृष्ट बन्न सफल भएको प्रनाउ केसीले बताए । सम्पुर्ण सरोकारवालाहरुकोे सहयोगले कार्य सम्पादनमा सहज भएको उनको प्रतिक्रिया छ ।
प्रनाउ केसी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका छन् । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान टंगाल काठमाण्डौ बाट प्रहरी नायव उपरिक्षक कृष्ण खड्का आएका छन् ।
प्रतिक्रिया