ओखलढुंगामा १७ छात्रा र १६ छात्र एसईईमा अनुपस्थित

ओखलढुंगामा १७ छात्रा र १६ छात्र एसईईमा अनुपस्थित


भिजन समाचार
3.6k
Shares

बिहीबार देखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ओखलढुंगामा ३३ जना विद्यार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षाका लागि साधारण तर्फ दुई हजार ३२९ जनाले फारम भरेकोमा ३३ जना परिक्षामा सहभागी नभएका हुन् ।
परिक्षामा अनुपस्थित हुनेमा १७ छात्रा र १६ छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका सूचना अधिकारी विष्णु प्रसाद कँडेलले बताए । ओखलढुंगा बाट यस बर्ष एसईईमा दुई हजार ४८० जनाले परिक्षा फारम भरे मध्ये दुई हजार ४४७ जना विद्यार्थीले पहिलो दिनको परिक्षा दिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
प्राविधिक धार तर्फ १३६, खुल्ला विद्यालय बाट १२ र ग्रेडबृद्धि परीक्षाका लागि तीन जना विद्यार्थीहरू रहेकोमा सबै सहभागी भएको कँडेलको भनाई छ । जिल्लामा १७ वटा परिक्षा केन्द्र बाट परिक्षा सञ्चालन भएका छन् । पहिलो दिनको परिक्षा शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले जनाएको छ ।