पानीको अभाव झेल्दै आएका ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–८ राघवपुर बासिलार्ई आकाशे पानी संकलन गर्न प्लाष्टिकको ट्याङ्की वितरण गरिएको छ । वडा कार्यालयको ७५ प्रतिशत अनुदानमा ४० घरलाई प्लाष्टिकको ट्याङ्की वितरण गरिएको हो ।
साविक वडा नं. ७ राघावपुरडाँडाका ४० घरधुरीलाई एक घर एउटा ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष भिम बलाम्पाकी मगरले बताए । प्रति घर एक हजार लिटर क्षमताको ट्याङ्की र ७५ एमएमको आठ मिटरका दरले पाईप वितरण गरिएको वडा अध्यक्ष मगरले जानकारी दिए ।
चालु आर्थिक वर्षको वडाको चार लाख ५० हजार बजेटले ४० वटा प्लाष्टिकको ट्याङ्की र पाईप खरिद गरेर सुख्खा क्षेत्रका नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष मगरको भनाई छ । वर्षातको समय आकाशे पानी संकलन गरेर गाईवस्तु, तरकारी खेतीमा सिंचाईका लागि प्रयोग गर्न सकिने वडा कार्यालयले जनाएको छ ।
राघवपुरको साविक वडा नं.७ मा खानेपानीको समस्या छ । खानेपानीका लागि लिफ्टिङ योजना सञ्चालन गर्ने योजना रहेको वडाअध्यक्ष मगरले बताए । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीको उपस्थितीमा स्थानियलाई सामाग्रि हस्तान्तरण गरिएको जानुका रुचालले जानकारी दिईन् ।
प्रतिक्रिया