बैशाख ५ गते देखी दोस्रो ओखलढुंगा महोत्सव हुने

बैशाख ५ गते देखी दोस्रो ओखलढुंगा महोत्सव हुने


भिजन समाचार
4.3k
Shares

ओखलढुंगामा आगामी बैशाख ५ देखि दोस्रो ओखलढुंगा महोत्सव हुने भएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाण्डौको सह–आयोजनामा महोत्सव हुने भएको हो ।
महोत्सव १५ गते सम्म सञ्चालन हुने उद्योग बाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र समग्र उद्योग व्यवसायको समय सापेक्ष विकास एवंम प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष मास्केले जानकारी दिए ।

महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्नुको साथै जिल्ला बाहिरका व्यवसायी बिच व्यापार सम्बन्ध बढाउन सहयोग पुग्ने अध्यक्ष मास्केको भनाई छ । महोत्सव स्थलमा १५० भन्दा बढी स्टल राख्ने योजना छ । महोत्सवमा चर्चित कलाकारहरुको समेत प्रस्तुति, स्थानीय कला, मौलिक संस्कृति, विभिन्न जातजातिका झाँकी, नृत्य तथा स्थानीय परिकारको पनि प्रदर्शन हुने बताइएको छ ।
सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा आयोजना हुने महोत्सवको अवधिभर ६० हजार बढी दर्शक भित्र्याउने लक्ष राखिएको आयोजकले जनाएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि महाेत्सव हुन लागेकाे हाे ।