ओखलढुंगामा करेन्ट लागेर एक महिलाको मृत्यु

ओखलढुंगामा करेन्ट लागेर एक महिलाको मृत्यु


भिजन समाचार
21.4k
Shares

ओखलढुंगाकाे चिशंखुगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ५ ः ३० बजेको समयमा विद्युत सर्ट भई करेन्ट लाग्दा चिशंखुगढी गाउँपालिका–३ बोडीछापकी ५७ बर्षीय सिजन कुमारी थापाको मृत्यु भएको हो ।


करेन्ट लागेर बेहोस भएकी थापालाई उद्दार गरि घर बाहिर निकालिएको वित्तिकै थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

विद्युत सर्ट हुदा थापाकाे घरमा आगलागी भएकाे प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् । आगलागीबाट दुई तले घर र अन्य घरायसी सामान जलेर पुर्ण रुपमा नष्ट हुदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।