सुनकोशीमा ट्याक्टर दुर्घटना तीन जना घाइते, चालकको अवस्था गम्भीर

सुनकोशीमा ट्याक्टर दुर्घटना तीन जना घाइते, चालकको अवस्था गम्भीर


भिजन समाचार
42.1k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार बिहान १२ः३० बजेको समयमा गिट्टी बाेकेर कोषहाटबाट च्यानम आउने क्रममा सुनकोशी गाउँपालिका-५ को ओख्रेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेमा चालक सुनकोशी गाउँपालिका-५ का अन्दाजी ४८ बर्षीय लेख बहादुर कटवाल, ट्याक्टरमा सवार सोही वडाका वीर बहादुर कट्वाल र लाल बहादुर कटवाल रहेका छन् । घाइतेमध्ये चालक लेख बहादुरको अवस्था गम्भीर रहेको उनका भाई सुमन कटवालले जानकारी दिए ।
लेख बहादुर र वीर बहादुरलाई उद्धार गरि स्थानीयले उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पलाल पठाएका छन् भने सामान्य घाइते लाल बहादुर कटवालको स्थानीय मेडिकलमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।
घटनास्थलमा प्रहरी पनि खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।