देशको अवस्था सुधार्न एमाले सरकारमा ः नेता ज्ञवाली

देशको अवस्था सुधार्न एमाले सरकारमा ः नेता ज्ञवाली



देशको बिग्रदो अवस्था सुधार्न नेकपा एमाले सरकारमा गएको एमाले उप–महासचिव एवम् स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले बताएका छन् । नेकपा एमाले ओखलढुंगाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उप–हासचिव ज्ञवालीले यस्तो बताएका हुन् । एमाले सरकारमा नहुँदा देश संकटग्रस्त अवस्थामा पुगेको देशलाई गम्भीर दुर्घटनाबाट बचाउन एमाले सरकारमा सामेल भएको उनको भनाई छ ।
समस्या समाधान गर्न, देशमा विकास, समृद्धि, सुशासन, भ्रष्ट्राचार नियन्त्रण गर्न र अर्थतन्त्रलाई लयमा फर्काउन एमालेले सरकारमा रहेर काम गर्ने ज्ञवालीले बताए । देशका विद्यमान समस्या समाधान गर्न अहिलेको गठबन्धन बनेकोले तत्काल वाम एकता लगायतका पार्टीगत बिषय प्राथमिकतामा नराखिएको उनको भनाई छ ।
प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका अध्यक्ष एवम् प्रतिनिधि लगायत नेता कार्यकर्ताको सहभागीता रहेको नेकपा एमाले पार्टी स्कुल विभाग ओखलढुंगाका प्रमुख हर्कबोल राईले जानकारी दिए ।