समाजसेवी सन्तोषकुमार बस्नेतले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । विगत देखि समाजसेवामा सकृय बस्नेतले जन्मथलो ओखलढुंगाको सुनकोशी गाउँपालिका ८ स्थित कालिका आधारभूत विद्यालयय जोरधारामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
बस्नेतले विद्यार्थीलाई ३५ वटा झोला, ७० वटा कपी र ४ दर्जन पेन्सील हस्तान्तरण गरेका छन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शैक्षिक विकास र गुणस्तर सुधारका लागि सरोकारवालासँग छलफल गर्दै बस्नेतले विद्यार्थीलाई शैक्षिक सामाग्री र शिक्षकहरुलाई हौसला बढाउन मायाँको चिनो दिएका छन् ।
राजधानीलाई व्यवसाय मार्फत कर्मथलो बनाएका नेकपा एमालेका युवा नेतासमेत रहेका बस्नेतले विगत देखिनै गाउँमा सामाजिक काम गर्दै आएका छन् । आफुले समाजमा गरेको योगदानलाई क्रमभंगता गर्दै थप रचनात्मक हिसाबले सामाजिक काम गरेको भन्दै सरोकारवालाहरुले धन्यवाद दिएका थिए ।
कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, एमाले जिल्ला अध्यक्ष शंकर कट्वाल सुनकोशीका वडाअध्यक्षहरु गिर्बराज थापामगर, गुणराज भट्टराई लगायतका सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया