हिमालयन बैंक लिमिटेड ओखलढुंगा शाखाले ओखलढुंगा सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अस्पताललाई एक लाख ४१ हजार ६०० बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
बैंकका शाखा प्रबन्धक राजु श्रेष्ठले अस्पतालका निर्देशक डा.रोशन खरेललाई इमरजेन्सी रिकभरी ट्रली एक थान र क्य्रास कार्ट डब्लु/एस.एस फ्रेम एक थान हस्तान्तरण गरेका छन् ।
बैकिङ सेवासँगै सामाजिक उत्तरदायित्व अन्तरर्गन अस्पतालमा आवश्यक सामाग्री सहयोग गरिएको शाखा प्रबन्धक श्रेष्ठले बताए ।
आगामी दिनमा पनि अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सहयोगको अपेक्षा राख्दै अस्पतालका निर्देशक डा. खरेलले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया