डेंगुका कारण पुर्व वडा अध्यक्ष कार्कीकाे निधन

डेंगुका कारण पुर्व वडा अध्यक्ष कार्कीकाे निधन


भिजन समाचार
7k
Shares

डेंगु संक्रमणका कारण चिशंखुगढी गाउँपालिका वडा नं.५ का पुर्व वडा अध्यक्ष प्रकाश कार्कीको निधन भएकाे छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा आईतवार बिहान कार्कीको ५२ वर्षको उमेरमा निधन भएकाे हाे ।

ज्वरो रुघाखोकीले ग्रसित भएर घरमा आराम गर्दै बसेका कार्कीको स्वास्थ्य अवस्था जटिल बने पछि शनिबार परिवारले उपचारका लागि अस्पताल ल्याएका थिए । कार्कीलाई डेंगु संक्रमण भएकाे अस्पतालले पुष्टि गरेकाे हाे ।