नेपाल आदिवासी जनजाती युवा महासंघ ओखलढुंगाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती युवा महासंघको केन्द्रिय सदस्य सुवास तामाङको उपस्थितिमा जिल्लाको प्रथम अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशन बाट एसबी जेरोको अध्यक्षतामा १५ सदस्यीय नेपाल आदिवासी जनजाती युवा महासंघ ओखलढुंगाको कार्यसमिति चयन भएको छ । समितिमा उपाध्यक्ष सुवास गुरुङ र ङिमा शेर्पा, सचिवमा सृजना सुनुवार, सहसचिवमा खड्ग बहादुर तामाङ र हित राई साथै कोषाध्यक्षमा भिष्मलाल श्रेष्ठ चयन भएका छन् ।
समितिमा सदस्यहरु माईतीराज राई, फुर्वा तामाङ, आङदिकी शेर्पा, मनोज तामाङ, फुर्वा शेर्पा, सुनिल मगर, विवेक तामाङ र दिलकुमार तामाङ छनोट भएको केन्द्रिय सदस्य सुवास तामाङले बताए । क्षेत्र र स्थानिय तह अनुसार आगामी दिनमा अरु सदस्यहरुलाई समितिमा थप गरिने बताईएकाे छ ।
निर्वाचित समितिले आदिवासी जनजातीहरुको भाषा, संस्कार, संस्कृती, पहिचान संरक्षण र सम्बद्र्धन गर्नुका साथै हक अधिकार प्राप्तिका लागि काम गर्ने विश्वास रहेको केन्द्रिय सदस्य तामाङको भनाई छ ।
संस्थाको निति विधान र सिद्धान्त अनुसार सम्पुर्ण आदिवासी जनजातीहरुको हक अधिकार प्राप्ती र भाषा, संस्कार, संस्कृती रक्षाको निमित्त काम गर्ने नवनिर्वाचित अध्यक्ष एसबी जेरोको भनाई छ ।
प्रतिक्रिया