भदौरेको जंगलमा आगालागी

भदौरेको जंगलमा आगालागी


भिजन समाचार
2k
Shares

सुख्खा मौसम सुरु भए सँगै आगलागीका घटना हुन थालेका छन् । गय राती देखी ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको खानीखोला सामुदायिक वनमा आगलागी भएको छ ।
आगलागी नियन्त्रण बाहिर रहेकाले मानव बस्ती नजिक आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल साथै स्थानिय मार्फत आगो नियन्त्रणको प्रयास भईरहेको छ ।
दुर्गा बक्स गण ओखलढुंगाबाट उपसेनानीको नेतृत्वमा २१ जना नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म ओखलढुंगाबाट सहायक प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना सशस्त्र प्रहरी साथै नेपाल प्रहरी र स्थानियले निरन्तर आगलागी नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए । वडा कार्यालयले दिएकाे जानकारी अनुसार भर्खरै साँझ आगो नियन्त्रणमा आएकाे छ ।