नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति ओखलढुंगाको अध्यक्षमा बलराज तामाङ चयन भएका छन् । जिल्ला सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशन बाट तामाङ अध्यक्षमा निर्विराेध चयन भएका हुन् ।
समितिमा उपाध्यक्षमा काजी राई र चित्र गुरुङ, सचिवमा सृजना सुनुवार र भोलाराज राई साथै सहसचिवमा नैनबहादुर लुङ्गेली मगर र चन्द्रकान्त सुनुवार चयन भएका छन् । यसका साथै जिल्ला कार्य समितिमा १४ जना सदस्यहरु छनोट भएका छन् । नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाली काँग्रेस निकट संगठन हाे ।
प्रतिक्रिया