ओखलढुंगाकी १९ वर्षिय सम्झनाको सडक दुर्घटनामा मृत्यु

ओखलढुंगाकी १९ वर्षिय सम्झनाको सडक दुर्घटनामा मृत्यु


भिजन समाचार
441.4k
Shares

ओखलढुंगाकी १९ वर्षिय सम्झना राईको काठमाण्डौमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साकी १९ वर्षिय राईको काठमाण्डौ महानगरपालिका–६ बौद्ध प्रहरी बृत्त अगाडी भएको सडक दुर्घटनामा ज्यान गएको हो ।
गत विहिबार सडक पार गर्ने क्रममा चुच्चेपाटी बाट बौद्ध तर्फ आउदै गरेको बागमति प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाईकल र सोही दिशा बाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा राईको घटना स्थलमै ज्यान गएको थियो । मोटरसाईलक चालक काठमाण्डौ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्याङ्कर चालक चितवन खैरेनी–१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुन्धान गरिरहेको छ ।
बौद्ध तिनचुली बस्दै आएकी राई पिज्जा हटमा काम गर्दै आएकी थिईन् । साँझ साढे सात बजे काम सकेर कोठामा फर्किदा सडक पार गर्ने क्रमममा दुर्घटनामा परेकी हुन् । राईकाे परिवारमा ४८ वर्षिय आमा विष्णुमाया राई एक्लै छिन् ।
स्नातक तहमा अध्ययनरत सम्झना काठमाण्डौमा काम गर्दै आफ्नो अध्ययन र घरमा आमालाई खर्च धान्दै आएकी थिईन् । १६ वर्ष अघि सम्झनाका बुवाको पनि निधन भईसकेको काका राजन राईले बताए । “सम्झना घरकी एक्लो सन्तान हुन्” काका राजनको भनाई छ ।