ओखलढुंगा सदरमुकाममा भुसिया कुकुर आतङ्क, चार जनालाई टोक्यो

ओखलढुंगा सदरमुकाममा भुसिया कुकुर आतङ्क, चार जनालाई टोक्यो


भिजन समाचार
1.4k
Shares

ओखलढुंगाको सदरमुकाम क्षेत्रमा भुसिया कुकुर आतंक बढेको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. ११ र १२ मा बढेको भुसिया कुकुर आतंकले स्थानीय त्रसित भएका छन् । दुई दिनको अवधिमा कुकुरले चार जना बटुवालाई टोकेर घाईते बनाएको छ ।
विद्यालय जाने तीन जना विद्यार्थी र एक स्थानियलाई भुसिया कुकुरले टोकेको सिद्धिचरण नगरपालिका पशु सेवा शाखा प्रमुख कृष्णबहादुर कार्कीले बताए । जथाभाबी कुकुरले मान्छेलाई टोक्न थालेपछि सतर्कता अपनाउन शाखा प्रमुख कार्कीले आग्रह गरेका छन् ।
भुसिया कुकुरहरुलाई नियन्त्रणमा लिई रेविज विरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने कार्य भईरहेको कार्कीको भनाई छ । कुकुर आतंकले विहान, साँझ र राती एक्लै बजार क्षेत्रमा हिड्न नसक्ने अवस्था सिर्जना भएको स्थानियहरुको भनाई छ ।
पाँच सात वटाकाे समुहमा रहेका कुकुरले बाटो हिड्ने मानिसलाई अचानक आक्रमण गर्ने गरेका छन् ।

कुकुरको टोकाईबाट घाइते भएकाहरु मध्ये केहिलाई काठमाण्डौ रेफर गरिएको र केहिको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेकोे छ ।
पशु सेवा शाखा मार्फत हाल सम्म सदरमुकाम क्षेत्रबाट १३ वटा भुसिया कुकुरलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको खोप लगाईएको नगरपालिकाले जनाएको छ ।