खिजिदेम्बाकी तामाङ सोलुखुम्बुमा मृत भेटिइन्

खिजिदेम्बाकी तामाङ सोलुखुम्बुमा मृत भेटिइन्


भिजन समाचार
2.3k
Shares

ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की करिब ३५ वर्षीया प्रेमा तामाङ सोलुखुम्बुमा मृत अवस्थामा फेला परेकी छिन् । करिब एक साता अघि तामाङ घर बाट अचानक बेपत्ता भएकी थिईन् । सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार उनको शव स्थानियको बारीमा भेटिएको थियो ।
मङ्गलबार बेलुका तामाङको शव फेला पारेका स्थानियले प्रहरीलाई खबर गरेका थिए । पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीको प्रारम्भिक अनसन्धान अनुसार उनको केही दिन अघि मृत्यु भएको हुनसक्ने बताईएको छ ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पाए सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । मृत फेला परेकी तामाङको शरिरमा कपडा नभएको प्रहरीले जनाएको छ । अचानक बेपत्ता भएकी तामाङकाे घर परिवारले खाेजीका लागि प्रहरीलाई खबर गरी स्थानिय सञ्चारमाध्यममा सूचना प्रसारण गरेका थिए ।