खोटाङका विकास राई भिजन आइडल सिजन–४ को विजेता भएका छन् । ओखलढुंगामा सञ्चालित प्रतिभाको खोजि कार्यक्रम अन्तरर्गत भिजन आइडलमा खोटेहाङ गाउँपालिका खोटाङका राई विजयी भएका हुन् । लाईभ राउण्डमा सहभागि ४० जनालाई पछि पार्दै राईले उपाधी भिजन आइडलको टाईटल उपाधी जितेका छन् ।
प्रतियोगितामा खोटाङकै हलेसी तुवाचुङ नगरपालिकाका रमेश सेन्चुरी रनरअप भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका पासाङ कुमार तामाङ र मानेभञ्ज्याङ गाउँपालिकाका मानस राई फाईनलिस्ट बनेको आयोजक भिजन नेपालका अध्यक्ष पुर्णप्रसाद न्यौपानेले बताए ।
भिजन नेपाल द्वारा ओखलढुंगामा सञ्चालित सामुदायिक रेडियो भिजन एफएमको ७ औं वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष न्यौपानेको भनाई छ । तेश्रो सिजन सम्म सञ्चाल गरिएको प्रतियोगिता कोरोनाका कारण केही वर्ष रोकिएको थियो । पुनः यस वर्ष देखी प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
विजेताहरुले क्रमशः ३० हजार ३३३, १५ हजार ५५५ र दुई जना फाईनलिस्टले पाँच हजार ५५५ नगद सहित ट्रफि र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । विजेताहरुले गित रेकर्ड गर्न सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।
भिजन एफएमको वार्षिक उत्सव समारोहका प्रमुख अतिथी प्रेस काउन्सीलका बोर्ड सदस्य दिपक पाण्डे लगायतका अतिथीहरु मार्फत विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । गत माघ १० देखी २० गते सम्म सञ्चालन गरिएको डिजिटल अडिसन मार्फत छनोट भएका प्रतिस्पर्धीहरु विच जिल्ला समन्वय समितिको हलमा माघ २९ देखी तीन दिन सम्म लाईभ प्रतिस्पर्धा भएको थियो ।
टप टेनमा परेका प्रतियोगिलाई प्रमाण पत्र प्रदान गरिएको संस्थाका उपाध्यक्ष एवम् भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताए । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका ऋषिराम घिमिरे, चिशंखुगढी गाउँपालिकाका अन्जान गदाईली, सिद्धिचरण नगरपालिकाका जुलिना श्रेष्ठ, सचिन राई, शिक्षा बानिया र सोलुखुम्बुका सन्दिप सागर राउत टपटेनमा परेका छन् ।
प्रतिक्रिया