स्काभेटरको ठक्करले वृद्ध मगरको मृत्यु

स्काभेटरको ठक्करले वृद्ध मगरको मृत्यु


भिजन समाचार
44.8k
Shares

स्काभेटरले ठक्कर दिदा ओखलढुंगामा एक जना वृद्धको ज्यान गएको गएको छ । शुक्रबार अपरान्ह स्काभेटले ठक्कर दिदा चिशंखुगढी गाउँपालिका–६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
सिद्धिचरण नगरपालिका–२ चुहान छाप हुँदै चिशङ्खुगढी गाउँपालिका–६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्ने क्रममा प्रदेश ०३–०१–००३ क ७३५६ नंबरको स्काभेटरले ठक्कर दिदा थापा मगर गम्भीर घाइते भएका थिए ।
तत्काल उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । उक्त स्काभेटर प्रहरी चौकी निशङ्खेको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।