माम्खामा बोलेरो दुर्घटना : ४ जना घाइते

माम्खामा बोलेरो दुर्घटना : ४ जना घाइते


भिजन समाचार
65.8k
Shares

ओखलढुंगाको माम्खामा बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आज साँझ चिशंखुगढी ८ माम्खाको भित्री सडक खण्ड स्थित भडारे खोला छेउमा ओखलढुङ्गा सदरमुकामबाट माम्खातर्फ जाँदै गरेको को. १ ज ३५०८ न. को बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

चालक सहित ५ जना यात्रु बोकेको गाडी सडकको मोडमा अनियन्त्रित भई सडकको छेउमा पल्टीएर दुर्घटना ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलिष्टार सिंहले भिजनलाई जानकारी दिए । घाइते हुनेमा मानेभञ्ज्याङ ९ माधवपुर बस्ने चालक वर्ष ३३ का रमेश श्रेष्ठ, चिशंखुगढी ८ माम्खा बस्ने वर्ष  २१ का प्रविन राई, माम्खा ८ कै वर्ष ३४ की सिता कट्वाल र कट्वालकी छारी वर्ष  ११ की स्वस्तिका कट्वाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा उपचार भईरहेको छ ।

तस्बिर : हर्कबाेल राईको फेसबुकबाट