आगामी चैत १५ गते देखी सञ्चालन हुने एसइइ परिक्षामा ओखलढुंगाबाट २४ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका ८१ वटा माध्यमिक विद्यालयका दुई हजार ४८० विद्यार्थीले यस वर्षको एसइइ परिक्षा दिने तयारी गरेका छन् ।
साधारण धार तर्फ दुई हजार ३२९ र प्राविधिक धारतर्फ १३६, खुला बाट १२ साथै ग्रेड वृद्धिका लागि तीन जना परिक्षार्थी एसइइमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका परिक्षा फाँट प्रमुख तथा सूचना अधिकारी विष्णु प्रसाद कंडेलले बताए ।
नौ वटा प्राविधिक धारका विद्यालयबाट सिभिल इन्जिनियरीङका ६४ जना, कृषिका ५६ जना र पशु विज्ञानका १६ जना परिक्षार्थी सहभागि हुने कंडेलले जानकारी दिए । एसइइका लागी १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया