ओखलढुंगा क्याम्पस प्रमुख सुमन राजभण्डारीको निधन

ओखलढुंगा क्याम्पस प्रमुख सुमन राजभण्डारीको निधन


भिजन समाचार
228.7k
Shares

ओखलढुंगा क्याम्पसका प्रमुख सुमन राजभण्डारीको निधन भएको छ । रेडक्रसका निवर्तमान सभापति एवम् सजमाविका पूर्व प्रअ समेत रहेका राजभण्डारीको ६५ वर्षको उमेरमा उपचारका क्रममा शनिवार निधन भएको हो ।

राजभण्डारी लामो समयदेखि मुटु, मृगौला र सुगरलगायतका रोगबाट पीडित थिए ।

लामो समय शिक्षण पेशामा सकृय राजभण्डारी निवृत भएपछि रेडक्रस मार्फत समाजसेवा र ओखलढुंगा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर शैक्षिक गतिविधिमा सकृय थिए ।