सिद्विचरण नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डमा विवाद उत्पन्न भएको छ । महिला तर्फको रिले दौडमा अघिल्लो दिन जितेका खेलाडीलाई भोलिपल्ट अयोग्य घोषणा गरेपछि विवाद भएको हो ।
शुक्रबार भएको रिले दौडमा प्रथम स्थान ल्याइसकेको सजमाविलाई शनिवार बिहान अयोग्य (डिस्क्वालिफाइड) घोषणा गरेर सजमाविले प्राप्त गरेको ४ स्वर्ण पदक खोसेर अन्याय गरेको भन्दै सजमावि खेल बहिस्कार गरेर फर्किएको छ ।
प्रअ डिल्लीराम कार्कीले पटक पटक धाँधलिपूर्ण, विभेदयुक्त र अन्यायपूर्ण निर्णयले खेलाडीहरुको मनोवल गिराएको बताए । विज्ञप्ति जारी गर्दै सजमाविले बाँकी खेल र खेलाडी छनोटमा निश्पक्ष निर्णय नहुने ठहर गर्दै बहिस्कार गरिएको जनाएको छ । पत्रकार सम्मेलन गरेर सजमाविले विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सजमाविका खेलाडीहरु प्रतियोगितामा खेल्नबाट वञ्चित भएका छन् ।
प्रतिक्रिया