यो वर्षको पहिलो हिमपात

यो वर्षको पहिलो हिमपात


भिजन समाचार
81.8k
Shares

ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ । मङ्गलबार यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्ले लगायतका उच्च भेगमा दिउसो बाट हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताए ।
हिमपात पछि यस क्षेत्रका स्थानियहरु खुसी भएका छन् । हिमपातले किसानले बारिमा लगायका बुङको आलु, गहुँ खेतीलाई सहयोग पुगेको मगरको भनाई छ । हिमपात सँगै बढेको चिसोले बालबालिका, जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, गर्भवती साथै सुत्केरीलाई समस्या भएको छ ।
चिसोका कारण जन्तरखानी ठाडेको ग्रेस एकेडेमी स्कूल दुई महिनाका लागि विदा गरिएको मगरले जानकारी दिए ।